Tuesday, October 19, 2010

Bidhan

प्रस्तावना
विश्वमै सबैभन्दा कम प्रतिव्यक्ति आय भएको  कृषिमा मात्र आश्रित भएको समाजमा देखिएका गरिबि, रोग ,अशिक्षा ,अन्धविश्वाश ,वालविवाह जस्ता कुरिति छुवाछुत बाताबरण प्रदुषण आन्तरिक द्धन्द अस्थिरता ,अनेकता जस्ता दर्जनौ समस्याहरुको अलावा बेरोजगारी जस्तो डरलाग्दो समस्या बढ्दै गइरहेको छ । साथेै समाजमा बिद्यमान परम्परागत किसीमको आर्थीक तथा समाजिक बिकासका पुर्वाधारका कारण सामुदायिक जन जिवनमा खासै प्रभाव नपरेकाले हालको परिप्रेक्ष्यमा आर्थीक तथा समाजिक विकासका साथै वातावरणीय विकासको लागी नयाँ परिवर्तन को खाँचो छ । तसर्थ हाम्रो समाजमा विद्यमान ती सबै प्रकारका विकृती ,विसंगती ,अन्र्तविरोध तथा द्धन्दको उचित ब्यवस्थापनको निमीत्त आर्थिक बिकासको साथै बिद्यमान परम्परागत ज्ञान र सिपलाई आधुनिकिकरण गरि बिभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, कृषि, बन, वातावरण, भौतिक पुर्वाधार, लैगिंक समानता, सुचना र रोजगारी,मनोरञ्जन ,खेलकुद जस्ता महत्वपुर्ण सवालहरुमा ध्यान केन्द्रित गर्दै सामाजिक, राजनैतिक एवं आर्थिक रुपले पिछडिएका महिला, जनजाति, आदिबासी, दलित, मधेसि, बालबालिका ईत्यादि बर्गलाई उकास्नका लागि सिप तथा दक्षता अभिबृद्धिका कार्यक्रम ग्रामिण स्तरसम्म पु¥याई बेरोजगारी हटाई आर्थिक रुपले सम्पन्न समाजको निर्माणमा सघाउ पु¥याउन सकिओस् भन्ने स्वाच्छ अभिप्रायले समाजमा देखिएका शोषण तथा असमानता न्यून पार्ने कार्यमा राज्यलाई सहयोग गर्न र बिभिन्न धर्म, बर्ग, जातजाति, भाषा, सम्प्रदायका बिच एकरुपता कायम गर्दै लोकतन्त्र सुशासन एवं सामाजिक न्यायका लागि राज्यलाई ठोस सघाउने तथा विश्व बन्धुत्यको भावना सृजना गर्ने महान उदेश्यले स्थानिय बुद्धिजिवि, यूवा, महिला, ब्यवसायी तथा नागरिक समाज समेतको सहमति छलफलबाट एक सामाजिक संस्था गठन गर्ने निर्णय गरे अनुरुप “स्वाभिमानी यूवा क्लव” को बिधान तर्जूमा गरिएको छ ।
परिच्छेद—१
    प्रारम्भ
१. संस्थाको नामः–
 यस संस्थाको नाम “स्वाभिमानी यूवा क्लव” हुनेछ ।
क) संस्थाको कार्यालय रहने ठेगाना ः– यस संस्थाको कार्यालय जिल्ला बारा, डुमरवाना वडा
 नं. ७ स्वाभिमानवस्ती गाउँमा रहने छ ।
ख) संस्थाको कार्यक्षेत्र ः– यस संस्थाको मुख्य कार्यक्षेत्र बारा जिल्ला हुनेछ र आवश्यक्ता
  अनुसार स्थानिय  अधिकारीको स्विकृतिमा अन्य जिल्लामा पनि शाखा  खोल्न सकिनेछ ।
ग) लागु हुने मिति ः– यो बिधान तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा ः विषय र प्रसंगले अर्थ नलागेमा ।
क) “संस्था ” भन्नाले “स्वाभिमानी यूवा क्लव” लाई सम्झनु पर्दछ ।
ख) “ विधान” भन्नाले  यस “ स्वाभिमानी यूवा क्लव” को विधानलाई सम्झनुपर्दछ ।
ग) “नियम÷ विनियम ” भन्नाले यस विधान बमोजिम बनाईने  “नियम ÷विनियम” लाई
    जनाउदछ ।
घ) “कार्यसमिति ” भन्नाले यस विधान बमोजिम गठित कार्य समितिलाई जनाउँदछ ।
ङ)  “कार्यसमितिको सदस्य” भन्नाले यस बिधान बमोजिम गठित कार्य समितिको
    पदाधिकारीहरुलाई जनाउदछ ।
च) “साधारण सभा” भन्नाले यस बिधान अन्र्तगत बनेका सदस्यहरुको सभालाई जनाउदछ ।
छ) “सदस्य” भन्नाले यस बिधान बमोजिम बनेका सदस्यता प्राप्त व्यक्तिलाई  जनाउदछ ।
ज)“सल्लाहकार ” भन्नाले यस बिधान बमोजिम गठित कार्यसमिति वा सिंगो सदस्यहरुलाई
   उल्लेखित उदेश्यहरु पुरा गर्न आवश्यक सर सल्लाह र सहयोग गर्ने कार्यसमितिले  निर्णय
   गरी तोकेको व्यक्तिलाई जनाउदछ ।
झ) “आर्थिक वर्ष ” भन्नाले हरेक बर्षको श्रावण १ गते देखि अषाढ मसान्तको अवधिलाई
    जनाउनेछ ।
ञ) “स्थानिय अधिकारी” भन्नाले सम्बन्धित जिल्लाको प्र.जि.अ. लाई जनाउँदछ ।

३. संस्थाको छाप र चिन्ह ः–
 यस संस्थाको कार्य संचालनका निम्ति एउटा छुट्टै छाप हुनेछ ।जुन दुई हातको विचमा विभिन्न खेलकुद र सांगेतिक औजार र  स्वाभिमानी यूवा क्लव लेखिएको हुनेछ । र  त्यसको तल २०६७ लेखिएको हुनेछ ।

परिच्छेद—२
  उदेश्य
४. यस संस्थाका उदेश्यहरु देहाय बमोजिम हुनेछन ः–
क) यो संस्था मुनाफा रहित जनहितकारी समाजसेवा प्रति समर्पित हुनेछ ।
ख) बालबालिकाहरुको  चौतर्फि विकास गर्ने र चेतना जगाउने ।
ग) महिला ,बालबालिका, दलित  तथा पिछडिएको वर्गहरुको लागि शिक्षा,स्वास्थ्य बारे
 सचेतना जगाउने ।
घ) समाजमा खेलकुदको विकास गर्ने ।
ङ) वडामा भएका विकृति तथा बिसंगति हटाउने ।
च) युवाहरलाई कुलतबाट बचाउने ।
छ) समाजिक विकासमा सरिक गराउने र दुरव्यवसनिबाट बचाउने काम मा सहयोगको
भावना जागृत गराउने ।
ज) उदेश्य अनुरुप सरकारी ।गैरसरकारी तथा अन्तराष्ट्रिय संघ÷संस्थाहरु समन्वय गरी
 सम्बन्ध स्थापना गर्ने ।

५. संस्थाको उदेश्य प्राप्त गर्न गरीने कामहरु ः–
 यस संस्थाको उपरोक्त उदेश्यहरु प्राप्त गर्न बमोजिम कामहरु गर्ने छ ।
क) संस्थाको उपरोक्त उदेश्यहरु प्राप्त गर्न देहाय बमोजिम सम्बन्धित निकायबाट अनुमति वा
 इजाजत प्राप्त गरी मात्र उपरोक्त उदेश्यहरु कार्यान्वयन गर्ने छ ।
ख) संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने, भाडामा लिने वा लिजमा लिनेछ र कम्प्युटर
  टेलिफोन ,टाईपराईटर र फैक्स आदि जस्ता कार्यालय समान  तथा सवारी साधन 
  खरिद गर्ने छ वा भाडामा लिई प्रयोग गर्नेछ ।
ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवा शर्तहर निर्धारण गर्ने ।
घ) संस्थालाई प्राप्त रकम वैङ्क खाता सञ्चालन गर्ने ।
ङ) अन्य आवश्यक कुराहरु ।


परिच्छेद—३ प्रारम्भ
सदस्यता
६. सदस्यताको वर्गिकरण ः
   क) साधारण सदस्य
   ख) मानार्थ सदस्य
   ग) आजिवन सदस्य
७. कार्यासमित सदस्यता प्राप्तिको लागि आवश्यक योग्यता ः–
 क) नेपालि नागरिक हुनुपर्ने ।
 ख) १६ वर्ष उमेर पुरा गरेको नेपाली नागरिक (महिला तथा पुरुष)
 ग) मानसिक सन्तुलन नबिग्रेको ।
 घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको हुनुपर्ने ।
 ङ) संस्थाको उदेश्य र विधानलाई पुर्ण रुपमा स्वीकारेको हुनुपर्ने ।
च) संस्थाको कार्यक्रम संचालन गर्न सक्ने दक्षता हुनुपर्ने ।
छ) प्रचलित कानुनले योग्य ठानेको हुनु पर्ने ।
८. संस्थाको सदस्य नियुक्ति हुन वा वहाल रहन नसक्ने अवस्था ः–
 क) गैर नेपाली नागरिक र १८ वर्ष उमेर पुरा नगरेको ।
 ख) मगज नबिग्रेको वा नबौलाएको ।
 ग) दामासाहिमा परेको ।
घ) कुनै प्रकारको चोरी ,ठगि,किर्ते,वा जालसाझी गरेको वा आफ्नो जिम्माको धनमाल
   अनाधिकृत तवरले नासेको  वा दुरुपयोग गरेको वा भ्रष्टाचार गरेको अभियोगमा 
   अदालत बाट कसुरदार ठहरी सजाय पाई सजाय पाएको १ वर्ष भित्र ।
ङ) सम्बन्धित संस्थाको व्यवसायमा निजि स्वार्थ भएको ।
च) सदस्यता शुल्क बुझाउन बाकि भएको ।
९. देहायको अवस्थामा कुनै व्यक्ति संस्थाको सदस्यमा वाहल रहने छैन ः–
  क) दफा (७) बमोजिम सदस्य पदमा नियुक्ति हुन नसक्ने भएमा ।
  ख) साधारण सभाबाट ७५% बहुमतले संस्थाको सदस्य पदकाट हटाउने प्रस्ताव पास
      गरेमा ।
ग) सदस्यले आफ्नो पदबाट राजिनामा स्विकृति भएमा ।
घ) संस्थाको काम कारबाहिमा बेइमानि वा बदनियत गरेको कुरा साधारण सभाको दुई
    तिहाई बहुमतले प्रमाणित भएमा ।
ङ) यस बिधान बमोजिम संस्थाले गर्न नहुने भनि तोकिएको कुनै कार्य गरेमा,कुनै व्यक्तिलाई संस्थाको सदस्यमा नियुक्ति हुन वा वाहल रहन अयोग्य ठहराउनु भनदा अघि संस्थाले निजलाई सो कुराको सुचना  दिई सफाईको मुनासिब मौका दिनुपर्नेछ ।
१०. सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधि ः–
 क) संस्थाले तोकेबमोजिम शुल्क बुझाई सचिव मार्फत कार्यसमितिमा निवेदन दिएमा 
    निजलाई सम्बन्धित वर्गको सदस्यता प्रदान गर्न सक्नेछ ।
ख) यस बिधानको अन्तिम पानामा सहि गर्ने तदर्थ समितिका सदस्यहरु संस्थापक सदस्य
   हुने हुदाँ निजहरु स्वतः आजिवन सदस्य हुन सक्नेछन ।
ग) साधारण सदस्यको सदस्यता लिएको मितिले १ वर्ष सम्म मात्र कायम रहने  हुदा सदस्यता समाप्त भएको मितिले ३५ दिन भित्र सदस्यता नविकरण गराई सक्नुपर्नेछ ,जुन सुकै महिनामा सदस्यता प्राप्त गरेको हो सो सालको विक्रम संवतका चैत्र मसानतमा समाप्त हुनेछ ।
घ) साधारण सदस्यको लागि सदस्यता शुल्क रु.५१।–लाग्नेछ । नविकरण शुल्क रु.५१।–
  प्रति वर्ष लाग्नेछ ।
ङ) संस्थाको आजिवन सदस्यताको लागि एकमुष्ठ शुल्क रु. ५०१।– लाग्नेछ तर संस्थापक
 सदस्यको हकमा यो प्रावधान लागु हुने छैन ।
च) संस्थालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सहयोग पु्याउने विशिष्ट व्यक्तिलाई मानार्थ
   सदस्यता प्रदान गर्न सकिनेछ ।

 परिच्छेद—४

साधारण सभाको बैठक सम्बन्धि व्यवस्था
११. साधारण सभाको गठन र कार्य ः
क) यस बिधानको परिच्छेद ३ बमोजिम योगयता पुगेको व्यक्तिहरु साधारया सभाको
 सदस्य हुनेछ ।
ख)साधारण सभाले संस्थाको वार्षिक आय व्यय स्वीकृत गर्ने ।
ग) संस्थाको नियम विनियम स्विकृति गर्ने ।
घ) वार्षिक कार्ययोजना स्विकृत गर्ने ।
ङ) कार्यसमितिको चयन गर्ने ।
च) संस्थालाई विघटन गर्नुपर्ने भए, कार्यसमितिले आवश्यक निर्णय गरि अर्को व्यवस्था
  गर्नेछ ।
छ) संस्थाको कार्य बिस्तारको बिषयमा आवश्यक योजना र निति पास गर्ने छ ।
ज) लेखापरिक्षण सम्बन्धि प्रतिवेदन छलफल गरी पारित गर्ने ।
झ) कार्यकारिणी उपर अविश्वाश भएमा यस बिधानमा व्यवस्था भए अनुसारको प्रकृया
पुरा गरी निर्णय गर्ने ।
१२. साधारण सभा तथा बैठक सम्बन्धि व्यवस्था ः–
सस्थाको सभा बोलाउने तरिका र सभाको लागि दिनुपर्ने सूचना सम्बन्धि कुराहरु ः
१. यस संस्थाको साधारण सभा देहाय बमोजिमको हुनेछन ।
 क) वार्षिक साधारण सभा
 ख) विशेष साधारण सभा
२. यस संस्थाको प्रथम वार्षिक साधारण सभा संस्थापन भएको आ.ब. समाप्त भएको
   मितिले २ महिना भित्रमा गरिनेछ  र त्यस पछिको वार्षिक साधारण सभाहरु 
   प्रत्येक २÷२ बर्षमा गरिनेछ ।
३. यस संस्थाको वार्षिक साधारण सभा गर्नको लागि कम्तिमा १५ दिन अगावै र बिशेष
  साधारण सभा गर्नको लागि कम्तिमा ७ दिन  अगावै सभा हुने ठाउँ,मिति र
  छलफल  गर्ने बिषय खोलि सबै साधारण  र आजिवन सदस्यलाई सुचना दिईनेछ ।
४. यसरी बोलाइएको साधारण सभा गणपरक संख्या नपुगि सभा हुन नसकेमा कम्तिमा
    ७ दिनको म्याद  दिई पुनः साधारण  सभा बोलाईनेछ ।
१३. कार्यसमिति ः
क) कार्यसमितिको नियुक्ति बार्षिक साधारण सभाबाट हुनेछ तर प्रथम बार्षिक साधारण 
 सभा नभएसम्मको लागि निम्न बमोजिम अध्यक्ष तथा सदस्य रहेको कार्यसमिति रहनेछ
 १.  अध्यक्ष    १
 २.  उपाध्यक्ष    १
 ३.  सचिब    १
 ४. सह सचिव    १
 ५. कोषाध्यक्ष    १
 ६. सदस्य    ६ जना

ख) कार्यसमितिका पदाधिकारीहरुको पदावधि निर्वाचित भएको मितिले १ बर्ष हुनेछ ।
ग) यस संस्थामा ११ जनाको कार्यसमिति हुनेछ ।
घ) वार्षिक साधारण सभा हुनु भन्दा अगावै कुनै कार्यसमितिमा रहेको सदस्यको पद
  रिक्त हुन आएमा बाकी अवधिका लागि कार्यसमितिको सदस्यको नियुक्ति  कार्यसमिति    
  द्धारा गर्न सकिनेछ । कुनै सदस्यको पद बिचमा रिक्त भएमा सो पदमा कार्यसमितिले  
  आवश्यक्ता अनुसार अर्को सदस्य नियुक्ति गर्न सक्नेछ ।
ङ) कार्यसमितिको बैठकमा सदस्य स्वयं उपस्थित हुनुपर्नेछ ।
च) कार्यसमितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ । अध्यक्षको अनुपस्थितमा कार्यसमितिको उपाध्यक्षले गर्नेछ र अध्यक्ष,उपाध्यक्ष उपस्थिति हुन नसकेको अवस्थामा कार्यसमितिको ज्येष्ठ नागरिकले  बैठकको अध्यक्षता गर्नेछ ।
छ) कार्यसमितिको बैठकमा छलफल भएको विषय र तत्व सम्बन्धमा भएको निर्णय
    विवरण (माईन्युट)किताबमा लेखि राख्नुपर्दछ । र सो  निर्णय विवरणमा बैठकमा
   उपस्थित सम्पूर्ण सदस्यहरुको ५१ प्रतिशतको उपस्थिती हुनुपर्नेछ ।
ज) माथिको उपनियममा जुन सुकै कुरा लेखिएको भएतापनि कार्यसमितिले गर्न पाउने
   कुनै कामको सम्बन्धमा कार्यसमितिको सबै सदस्यहरु लिखित रुपमा सहमत भएमा
   त्यस्तो सहमतिलाई निर्णय पुस्तिकामा संलग्न गरी त्यसको काम बैठकबिना पनि
   गर्नसकिन्छ । उपरोक्त बमोजिमको सहमतिलाई कार्यसमितिको निर्णयबाट हुनेछ ।
झ) संस्थाले गर्ने भनेको सम्पूर्ण कार्य समितिको निर्णयबाट हुनेछ ।
ञ) सदस्यहरुको जम्मा संख्या कम्तिमा ५१% सदस्यहरु उपस्थित भई कार्यसमितिको
   बैठक हुने छैन ।
ट) कार्यसमितिको बैठक सकभर सर्वसम्मत हुनेछ  सर्वसम्मत हुन नसकेमा बहुमतको
   निर्णय मान्य हुनेछ र सो निर्णय नै संस्थाको निर्णय हुनेछ तथा मत बराबर भएमा
  अध्यक्षले निर्णायक मत दिन सक्नेछ ।
परिच्छेद—५
१४.  कार्यसमितिको काम कर्तव्य र अधिकार ः
  क) यस समितिको दैनिक कार्य सम्पादन एवं अचल सम्पतिको संरक्षण गर्ने सम्पूर्ण
 अभिभारा कार्यसमितिमा हुनेछ ।
  ख) यस समितिको पदाधिकारीहरुको कार्य अवधि १ वर्षको हुनेछ ।
  ग) यस समितिले आवश्यकता अनुसार उप –समिति गठन गर्न सक्नेछ ।गठित
 उपसमितिले तोकिएको रकम र काम निश्चित अवधिमा पुरा गरी विवरण कार्य
 समितिलाई पेश गर्नुपर्नेछ ।
 घ) कार्यसमितिका बैठक छलफल भएको बिषय र तत्व सम्बन्धमा निर्णयको  विवरण
  दुरुस्त किताबमा लेखि राख्नुपर्नेछ ।  र सो निर्णय बिषयमा उपस्थित सदस्यहरु मध्ये
  कम्तिमा ५१% ले सोहि गर्नुपर्नेछ ।
क) काम ,कर्तव्य र अधिकार
   १. अध्यक्ष ः–
 क) संस्थाको काम कारवाहिको लागि संस्थाको प्रतिनिधित्व गर्ने गराउने ।
 ख)साधारण सभा र केन्द्रिय कार्यसमिति द्धारा गरिएको निर्णयहरु कार्यान्वयन गर्ने
 गराउने ।
ग) संस्थाको सम्पूर्ण सम्पतिको संरक्षण रेखदेख तथा नियन्त्रण गर्ने ।
घ) कार्यसमितिको पदाधिकारी एवं सदस्यहरुमा कामको बाडँफाडँ एवं निर्देशन दिने ।
ङ) संस्था सम्बन्धि काम कारबाहिको प्रतिबेदन सम्बन्धित  निकायमा पेश गर्ने ।
च) संस्थाको प्रमुख भई जिम्मेवारी लिने ।
२. उपाध्यक्ष ः–
 क) अध्यक्षको काममा सहयोग पु्याउने ।
 ख) अध्यक्षको अनुपस्थितमा निजले गर्नुपर्ने सम्पूर्ण काम गर्ने ।
 ग) अध्यक्षले तोकेको अन्य कामहरु गर्ने गराउने ।
३ सचिव को काम कर्तव्य र अधिकारः–
क) अध्यक्षको निवेदनमा साधारण सभा ,अधिवेशन तथा समितिको बैठक बोलाउने ।
ख) साधारण सभाको अधिवेशन  र समितिको वैठकको सुचि तयार गर्नेे गराउने ।
ग.तोकीएको अन्य काम गर्ने ।
घ.बैठकको निर्णयहरुको रेकर्ड र निर्णयलाई सदस्य समक्ष पठाउने ।
ग) साधारण सभा कार्य समितिबाट भएका निर्णयहरु कार्यान्वयन गर्ने र गराउने ।
घ)अध्यक्षले तोकेको अन्य काम गर्ने गराउने ।
ङ) संस्थाको दैनिक प्रशाशनिक कार्यमा स्वयम  संलग्न रहि प्रबन्ध निरिक्षण गर्न  निर्देशन दिने , गतिविधि, भावि कार्यक्रम र योजना विषयक प्रतिवेदन  प्रस्ताव पेश गर्ने ।


३ सह–सचिव ः–
क) सचिवको काममा सहयोग गर्ने ।
ख) सचिवको अनुपस्थितमा सचिवले गर्नुपर्ने  सम्पूर्ण काम गर्ने ।
४. कोषाध्यक्ष ः
क) कार्यसमितिले निर्धारण गरे बमोजिम संस्थाको हिसाब किताब राख्न ।
ख) आर्थिक विवरणहरु कार्य समितिमा पेश गर्न ।
ग) आर्थिक प्रशाशन सम्बन्धि सम्पूर्ण बिषयको जिम्मेबारी लिने ।
घ) संस्थाको बार्षिक आर्थिक प्रतिवेदन र आउदो आर्थिक आय व्ययको अनुमान साधारण
   सभामा र कार्य समितिका पेश गर्ने ।
ङ) वर्षको एक पटक संस्थाको आय–व्यय साधारण सभाले नियुक्त गरेको लेखा परिक्षक
   बाट लेखा परिक्षण गराउने ।
च) संस्थाको कोषमा अनियमितता  हुन नदिनु ।
छ) संस्थाको हितको निम्ति अन्य आवश्यक कार्यहरु गर्ने ।
५.कार्यसमितिका अन्य सदस्यहरुको काम ,कर्तव्य र अधिकार ः
 क) कार्यसमितिको बैठकमा सहभागि भई राय सल्लाह दिने ।
 ख) संस्थाको हित हुने काममा सहयोग पु्याउने ।
 ग) कार्यसमितिले तोकिदिएको अन्य कार्यहरु गर्ने ।

१५.गणपुरक संख्या ः
कुल सदस्यको ६० प्रतिशत प्रतिनिधित्व हुने सदस्यहरु उपस्थित नभई साधारण सभाको काम कारबाही हुने छैन तर बिधानको दफा ११ को उपदफा (४) मा उल्लेख भए बमोजिम पुनः बोलाइएको साधारण सभामा कुल संस्थापक संख्याको ५१ % प्रतिनिधित्व हुने गरि उपस्थित भएमा सब गर्न बाधा पर्ने छैन ।
परिच्छेद—६
  आर्थिक व्यवस्था
१६ आर्थिक श्रोत ः
 क) सदस्यको सदस्यता शुल्कबाट जम्मा भएको रकम ।
 ख) संस्थाले विभिन्न श्रोत र साधनको परिचालन मार्फत आर्जन गरेको रकम ।
 ग) स्वदेशि व्यक्तिबाट प्राप्त हुन आउने रकमहरु
      घ) संस्थालाई प्राप्त हुन आउने अन्य चन्दा तथा दानबाट प्राप्त हुने रकमहरु ।
      ङ) विदेशि सहयोग वा अनुदानको रकम । यस्तो विदेशि सहयोग लिनुपर्दा नेपाल
     सरकारकै सम्बन्धित निकायको स्विकृति लिइनेछ ।
१७. संस्थाको कोष ः
 संस्थाको आफ्नै नाम एउटा कोष रहनेछ , जसमा माथि उल्लेखित बमोजिमको रकम जम्मा हुनेछ । संस्थाको अध्यक्ष , कोषाध्यक्ष र सचिवको संयुक्त हस्ताक्षरबाट खाता सञ्चालन  हुनेछ । प्रचलित ऐन नियम अनुसार खर्च गर्ने तथा खर्चको श्रेस्ता ऐन नियम अनुसार  गरिनेछ ।
१८. संस्थाको लेखा र लेखापरिक्षण ः
  क) संस्थाको आय–व्ययको लेखा प्रचलित कानुन बमोजिम राखिनेछ ।
   ख) संस्थाको लेखापरिक्षण प्रचलित कानुन बमोजिम रजिष्टार्ड लेखा परिक्षण बाट गराईनेछ
  ग)  नेपाल सरकार वा स्थानिय अधिकारीले चाहेमा जुन सुकै बखत पनि संस्थाको हिसाब
 किताब जाच्न वा जचाउन सकिनेछ ।
  घ) लेखा परिक्षकको नियुक्ति वार्षिक साधारण सभाबाट हुनेछ । तर प्रथम वार्षिक 
    साधारण सभा नभएसम्म लेखा परिक्षकको नियुक्ति कार्य समितिबाट हुनेछ ।
  ङ) लेखा परिक्षणको प्रतिवेदन वार्षिक  रुपले जिल्ला प्रशाशन कायाृलय समाज कल्याण
  परिषद वा अन्य निकायहरुमा पेश गरिनेछ ।

परिच्छेद—७
निर्वाचन
१९. निर्वाचन सम्बन्धि व्यवस्था ः
 कार्यसमितिले निर्वाचनका लागि एउटा निर्वाचन अधिकृत नियुक्ति गर्नेछ । निर्वाचन सम्बन्धि कार्यविधि प्रचलित कानुनका आधारमा रहि निर्वाचन अधिकृतले तोके बमोजिम  हुनेछ ,अन्य सहयोगि सदस्य आवश्यक्ता अनुसार निर्वाचित अधिकृतले नियुक्त गर्नेछन । निर्वाचन अधिकृत र सहयोगिको पारिश्रमिक र सुबिधा कार्यसमितिले तोके बमोजिम हुनेछ ।
२० उम्मेदवार हुने योग्यता ः
 क) संस्थाको सदस्य भई नविकरण गराएको ।
 ख) संस्थाको हिसाब किताब बाकिँ नराखेको वा नमासेको
 ग) प्रचलित कानुनले कानुनमा भाग लिने र उम्मेदवार हुने योग्य भएको
२१. अविश्वाशको प्रस्ताव ः
 क¬) साधारण सभाले विशेष कारण देखाएमा सम्पूर्ण सदस्यहरुको  कार्यसमितिका २÷३
    बहुमत ले सदस्यहरुलाई अविश्वाशको प्रस्ताव पारित गरि कार्यसमितिको पदबाट 
    हटाउन सकिनेछ ।
ख) साधारण सभामा मात्र अविश्वाशको प्रस्ताव उपर छलफल हुनेछ । अविश्वाशको प्रस्ताव     ल्याउनको लागि कुल सदस्य संख्याको कम्तिमा २५% सदस्यको लिखित निबेदन सहित आउनु पर्नेछ ।
२२. बिधान संसोधन ः
 कुल सदस्य संख्याको २÷३ सदस्यहरुले अनुमोदन गरे पश्चात मात्र संस्थाको कुनै दफा संसोधन वा खारेजको लागि स्थानिय अधिकारी समक्ष सिफारिस गरी पठाउनुपर्नेछ । स्थानिय अधिकारीबाट स्विकृति भए पश्चात मात्र संस्थाको कुनै दफा संसोधन वा खारेज भएको मानिनेछ ।
२३. नियम तथा विनियम बनाउन सक्ने ः
 संस्थाले आफ्नो कार्य सम्पादन गर्ने सन्दर्भमा आवश्यक नियम बनाउन सक्ने छ र सो को जानकारी स्थानिय अधिकारी लाई दिनुपर्दछ ।

२४. तदर्थ समिति ः
  यो संस्था स्थापना गरी दर्ता गराउनको लागि गठित तदर्थ समितिले ६ महिना भित्र विधान अनुसारको निर्वाचन  कार्य गर्नको लागि समितिको गठन गर्नुपर्नेछ । सो अवधिमा कार्य समितिले गरेका कामहरु यसै विधान अनुसार भएको मानिनेछ ।
२५. संस्थाको विघटन ः
क) साधारण सभाले आवश्यक देखेमा बिशेष प्रस्ताव पारित गरि खारेज गर्न सक्नेछ । र    सोको जानकारी स्थानिय अधिकारीलाई दिईनेछ ।
ख) अन्य कुनै कारण संस्था खारेज भएमा संस्थाको चल अचल सम्पति  नेपाल सरकार को हुनेछ ।
२६. ऐन अनुसार हुने
  यस विधानमा उल्लेख नभएको कुराहरु प्रचलित कानुन बमोजिम हुनेछ । र संस्था दर्ता  ऐन नियम  र प्रचलन कानुन सँग बाझिन  गएका कुराहरु स्वत ः निष्कृय हुनेछ ।

२७. विविध ः
क) यस संस्थाको उदेश्य अनुसार स्थानिय स्तरमा कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित स्थानिय निकाय गा.वि.स. न.पा. एवं जि.वि.स. वार्षिक कार्यक्रममा समावेश गराई वा स्विकृति लिई कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

ख) संस्थाले विधान अनुसार कार्य सञ्चालन गर्न नसकेमा वा संस्था विरुद्ध परेको उजुरीमा छानविन गर्दा आवश्यक देखिएमा अधिकारीले उक्त संस्थालाई आवश्यक निर्देशन छानविन गरि आवश्यक काम  कारवाहि गर्न सक्छ ।



२८ .हामी “स्वाभिमानी यूवा क्लव” डुमरवाना –७ का निम्न संस्थापकहरु यस विधान वमोजिम कार्य गर्न मञ्जुर भई निम्न साक्षिको रोहबरमा विधानमा सहि छाप गर्दछौ ।
क. संस्थापकको नाम, थर ठेगाना ः–
क्र.सं पद नाम ठेगाना पेशा दस्तखत
ज्ञ। अध्यक्ष सुरेश खड्का डुमरवाना –७ विद्यार्थी
द्द। उपाध्यक्ष सरोज खनाल डुमरवाना –७ विद्यार्थी
घ। सचिव अशेष अधिकारी डुमरवाना –७ विद्यार्थी
द्ध। सह–सचिव शुसिल खड्का  डुमरवाना –७ विद्यार्थी
छ। कोषाध्यक्ष      विकास ढकाल डुमरवाना –७ विद्यार्थी
ट। सदस्य महेश्वर अधिकारी डुमरवाना –७ पत्रकारिता
ठ सदस्य सर्वोदय खरेल डुमरवाना –७ विद्यार्थी
ड। सदस्य राजन रिमाल डुमरवाना –७ विद्यार्थी
ढ। सदस्य ज्ञानेन्द्रराज दाहाल डुमरवाना –७ विद्यार्थी
ज्ञण् सदस्य प्रमोद खरेल  डुमरवाना –७ विद्यार्थी
ज्ञज्ञ सदस्य समिर भट्टराई डुमरवाना –७ विद्यार्थी
ख)  विशिष्ट सल्लाहकारहरु ः–                दस्तखत
 १. .श्री रवि भण्डारी          ................................
 २. श्री बिमल थापा     ..................................
 ३ श्री नवराज रिमाल     ....................................
४.बैकुण्ठ नेपाल                          ...........................................
ग)   साक्षीहरु ः–
 १. कृष्ण दाहाल      ......................................
 २. उदयराज मैनाली                          ..........................................
  समाप्त 

2 comments:

  1. Need some help regarding this . tyo uta परिच्छेद uta page ma hunu parxa ni jati atxa teti rakhda hunxa ?

    ReplyDelete
  2. The Best YouTube Casino - VideoDigger.cc
    Most importantly, these free casino slot machines youtube to mp3 converter samsung will put you in the mood to play and experience it all at a place with no deposit required. And you are

    ReplyDelete